काठमाडौं – आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५ हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
भाउ बढेर सुन आज तोलाको २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९१ हजार रुपैयाँ थियो ।



त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि हिजो चाँदीको भाउ तोलाको ४ हजार ८८० रुपैयाँ रहेको थियो ।










