२०८२, फागुन १६
युवराज रेग्मी, गौरादह । देशभर चुनाबी सरगर्मी बड्दै गएको अवस्थामा बहुप्रतिस्ठित प्रतिस्पर्धात्मक क्षेत्रको रुपमा देश बिदेशबाट नियालिएको झापा ५ मा नेकपा एमालेका अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री के पी सर्मा ओली र रास्वपाको तर्फबाट भाबी प्रधानमन्त्रीका लागि भनि मैदानमा उत्रिएका काठमाडौ महानगरका निबर्तमान प्रमुख बालेन्द्र साह ( बालेन )को चुनावी रणनीति तयारी र तामझामले झापा ५ मा चुनावी रौनक रोमान्चक देखिदै गर्दा पिपुल फर्ष्ट पार्टीको तर्फबाट सोही क्षेत्रमा चुनावमा होमिएका अर्का एक प्रतिस्पर्थी धर्मराज गुरागाईँको मत माग्ने सैलिले मतदाताको मन तानिएको छ ।
उनी एकाबिहानै देखी पैदलै एक्लै हिडेर आफ्नो छेत्रका विभिन्न वडाहरुमा भोट माग्दै हिडिरहेको देखिन्छ ।
आफ्ना चुनाबी प्रतिबद्धता लेखिएको सामान्य पर्चा बाहेक न उनको हातमा झन्डानै देख्न सकिन्छ न अन्य सामग्री । लाउडस्पिकर को सट्टामा आफ्नै जोडबलको स्वोरले चोक बजारमा भेला भएका मानिसहरुलाइ आफ्ना चुनावी एजेन्डा सुनाउदै गाउँ गाउँ हिडिरहेका धर्मराजको अथक साहस र मेहेनत युवाबर्गको अनुपम उदाहरणको रुपमा प्रस्तुत भएको छ । सम्पुर्ण मतदाताको मन खिच्दै उनले सबैखाले अतिवादीलाई परास्त गर्नकै लागि आफुले आफ्नो उम्मेदवारी दिएको बताउउछ्न ।
अन्य उम्मेद्बार हरुलाइ आयातीतको संज्ञा दिदै आफुभने झापा ५ मै जन्मिएर आफ्नो बाल्यकालदेखि अहिले सम्म यसै क्षेत्रमा कर्म गदैआएको बताउने गुरागाईँ सबै अन्य उम्मेदवारलाई पछिपार्ने दौडमा आफू लागेको बताए ।
मतदाताका घरदैलोमा पुगी जनतालाई आफ्नो एजेण्डा सुनाउन भ्याईनभ्याइमा रहेका उनी सबै भन्दा सस्तो र किफायति उम्मेदवार आफू भएको जनाए ।
उनी भन्छन्, “राजनीति भनेको सेवा हो र सेवाको कुनै मूल्य हुँदैन म नागरिक दैनिकी खुसी भएको देख्न चाहन्छु। यसको लागि मलाई पहिले नागरिकले विश्वास गर्नुपर्यो” । ” यहीँको निजी विद्यालयमा पियन काम गरेर पढेको सम्झँदै यहाँको प्रत्येक घर परिवार देखि टोल र समाजको आवश्यकता र मानवीय भावनाको समेत राम्रो ज्ञान रहेकोले म यहाँको नागरिकको प्रतिनिधि हुन उपयुक्त पात्र हुँ ।” गुरागाईँ बताउछ्न ।
२०६० सालमा गौरादह बहुमुखी क्याम्पस पढ्दा अन्तर क्याम्पस वक्तृत्वकला प्रतियोगितामा झापा प्रथम भएको समय देखिनै उनलाई झापालीहरुले एक प्रष्ट वक्ताको रूपमा चिनेको र आफू सिङ्गो झापाको प्रतिनिधित्व गर्ने सक्षम रहेको उनले दाबीगरे ।
विद्यार्थी समय देखिनै राजनीतिक रूपमा सचेत रहेका उनी विगत २३ वर्षदेखि राजनीतिमा आफूलाई निखार्दै आएको उनको भनाइ छ ।
स्थानीय तह र प्रदेश सभा निर्वाचन लडेको समेत अनुभव सँगाली सकेका गुरागाईँ गौरादह नगर सम्यन्त्रमा ३ वर्ष सेवा गरेको र कोशी प्रदेश , प्रदेश प्रमुखको सचिवालयमा ४ वर्ष सेवा कार्य गरेको अनुभवले आफूलाई नीति निर्माणदेखि राज्य सञ्चालनको संयन्त्रमा कसरी काम गर्ने सकिन्छ भन्ने राम्रो अनुभव रहेको उनले दाबीगरे ।
निर्वाचन अगाडी कसको चर्चा भयो वा कसले कति हल्ला गरे भन्ने कुरा निर्वाचनको परिणाम आएको दिन पछि कुनै मतलब नहुने हुँदा आफ्नो मुल्य निर्वाचन परिणामले देखाउने उनको दाबी छ । आफू कुनै भ्रष्ट वा ठगको विश्वास गर्न नसकिने भएको कारणनै आफै उम्मेदवार बनेको बताए ।
नागरिकको केन्द्रीयतालाई आफ्नो मूल लक्ष्यमान्ने पार्टीको रूपमा जेनजी आन्दोलनपछि स्थापित यस पार्टी नेपालमा कुनै पनि पार्टी र सरकारका संयन्त्रहरू संस्थागत विकास नभएको र यी संरचना संस्थागत नभई लोकतन्त्रको संस्थागत विकास नहुने उनको तर्क छ ।
दमक भ्यू टावरलाई अस्पताल बनाउने, क्षेत्र नम्बर ५ अन्तरगतका २९ वटै वडामा वाल र जेष्ठ नागरिक पार्क बनाउने, कृषि र कृषक लाई आवश्यक पूर्वाधार, ज्ञान, मलखाद र बजारको पहुँच सम्म उनको योजनामा समेटिएका बिषयहरु रहेकाछन् ।
गौरादह पोखरीलाई पर्यटकीय स्थलको रूपमा विकास गरी त्यसको आम्दानीबाट आधुनिक शिक्षाको जग बसाल्ने सम्म उनको स्थानीय एजेण्डा रहेकाछन् ।



