जनसेवा केन्द्र नेपालको प्रथम साधारणसभा तथा उद्घाटन सम्पन्न

काभ्रेपलाञ्चोक— “सुन्दर, शान्त र समृद्ध समाज निर्माण” गर्ने उद्देश्यसहित स्थापित जनसेवा केन्द्र नेपालको प्रथम साधारणसभा तथा उद्घाटन कार्यक्रम मंगलबार सम्पन्न भएको छ।

कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष सरोज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो भने बागमती प्रदेश सरकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शिवप्रसाद सिग्देल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

यस्तै अतिथिहरुमा बनेपा नगरपालिका वडा नं. १३ का जनप्रतिनिधि राजु मधिकर्मी, पत्रकार इश्वरी ओझा, विभिन्न सञ्चारमाध्यमसँग आबद्ध पत्रकारहरू लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भ राष्ट्रिय गानसँगै गरिएको थियो भने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको कार्यक्रममा प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो।

कार्यक्रममा संस्थाकी सचिव बिपशना शाक्यले स्वागत मन्तव्यसहित संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो भने प्रमुख अतिथि शिवप्रसाद सिग्देललाई मानार्थ सदस्यता प्रदान गरिएको थियो।

त्यस्तै भिन्न संघ–संस्था तथा व्यक्तिहरूलाई संस्थाको गतिविधिमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले जनसेवा केन्द्र नेपालको लक्ष्य र उद्देश्यप्रति शुभकामना व्यक्त गर्दै समाज सुधारका कार्यमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष सरोज उपाध्यायले ‘जनसेवा सम्मान कोष’ स्थापनाको घोषणा गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

संस्थापक अध्यक्ष सरोज उपाध्याय

प्रमुख अतिथिद्वारा प्रमाण पत्र प्राप्त गर्दै 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय