दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश अध्यक्षमा रामकुमार थापा पुनः निर्वाचित हुनुभएको छ। दमकमा सम्पन्न पार्टीको दोस्रो प्रदेश अधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो।
अध्यक्ष पदका लागि थापासहित दुर्गा बस्नेत र विश्वमोहन चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो। निर्वाचनमा थापाले २ सय ७० मत प्राप्त गर्दै पुनः नेतृत्वमा बाजी मार्नुभएको हो।



थापाका निकटतम प्रतिस्पर्धी दुर्गा बस्नेतले २ सय ३१ मत प्राप्त गर्नुभयो। थापाले बस्नेतलाई ३९ मतले पछि पार्नुभयो। अर्का प्रतिस्पर्धी विश्वमोहनले ४१ मत प्राप्त गर्नुभयो।
बुधबार दमकस्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न अधिवेशनमा ६ सय ४७ प्रतिनिधि सहभागी थिए। तीमध्ये ५ सय ४४ जनाले मतदान गरेका थिए। मतदानका क्रममा ६ मत बदर भएको थियो।











