दमक । झापा-५ को निर्वाचन परिणामपछि दमकबासीलाई लक्षित गरी सामाजिक सञ्जालमा घृणास्पद र अपमानजनक अभिव्यक्ति दिने रवि चुँडाल (हरि प्रसाद चुँडाल) विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दर्ता भएको छ।
स्थानीय युवाहरूले विद्युतीय कारोबार र सार्वजनिक नैतिकता विरुद्धको कसुरमा कारबाहीको माग गर्दै जाहेरी दिएका छन्।
जाहेरी दर्ता भएको २९ घण्टा बितिसक्दा पनि चुँडाल फरार रहेकाले प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ।
दमकबासीलाई ‘चोर र अपराधी’ भन्दै सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा उनीविरुद्ध साइबर ब्युरोमा समेत उजुरी गरिएको छ।




