कमल । झापाको कमल गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च उपलब्ध गराएको छ।
नेपाल सरकारको कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिक (श्रावण, भाद्र र आश्विन) को उपचार खर्चबापत प्रतिमहिना ५ हजार रुपैयाँका दरले सम्बन्धित लाभग्राहीको बैंक खातामा रकम भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ।



गाउँपालिकाले उपचार खर्च प्राप्त गर्ने लाभग्राहीहरूको नामावली सार्वजनिक गर्दै सम्बन्धित सबैको जानकारीका लागि सूचना जारी गरेको छ।











