‘पहिलो पाइला गौरादह’ शाखाको पहिलो अधिवेशन सम्पन्न, निरौला पुनः अध्यक्षमा निर्वाचित

सामाजिक संस्था पहिलो पाइला नेपाल गौरादह शाखाको पहिलो शाखा अधिवेशन आज सम्पन्न भएको छ। गौरादहस्थित राधाकृष्ण मन्दिर, ग्वालडुबाको सभाहलमा आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।

अधिवेशनबाट भूपेन्द्र निरौला दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी, उपाध्यक्षमा बाबुराम अधिकारी, सचिवमा प्रदीप धमला र कोषाध्यक्षमा पोसङ्का बास्तोला चयन भएका छन्। सदस्यहरूमा यमुना खत्री, चाहना योगी, भुवन कटवाल, पुनमदेवी पौडेल र लोकनाथ रेग्मी निर्वाचित भएका छन्।

कार्यक्रमको उद्घाटन राष्ट्रिय गायक सीताराम ताजपुरियाले पानसमा बत्ती बाली गरे। स्वागत मन्तव्य संस्थाकी सदस्य पोसङ्का बास्तोलाले राखे भने कार्यक्रममा विभिन्न अतिथिहरूले शुभकामना व्यक्त गरे। वेदनिधि रेग्मी, प्रेमप्रसाद धमला, दमक शाखाका अध्यक्ष राजु निरौला र भरत निरौलाले संस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

अधिवेशनका अवसरमा संस्थामा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा पूर्व प्रथम उपाध्यक्ष निशा पौडेल, द्वितीय उपाध्यक्ष बाबुराम अधिकारी, पूर्व सह-कोषाध्यक्ष एलिजा भेटवाल, पूर्व सदस्य पोसङ्का बास्तोला र सदस्य यमुना खत्री रहेका छन्। उत्कृष्ट सदस्यको अवार्ड चाहना योगीले प्राप्त गरिन्।

त्यसैगरी, संस्थाका गतिविधिहरू सञ्चार माध्यममार्फत जनतासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मल्टिमिडिया डट कम दमकका प्रधान सम्पादक सुजन गौतमलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि ताजपुरियाले ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो’ बोलको गीत प्रस्तुत गरे।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय