कैलालीमा १५ वर्षीया किशोरीमाथि जबर्जस्ती करणीको आरोपमा ९३ वर्षीय वृद्ध पक्राउ

कैलालीमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ९३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका–९ का ९३ वर्षीय बिरे जाग्रीलाई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जाग्रीले गत २८ साउनमा किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

घटना’ किशोरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले जाग्रीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार जंगल क्षेत्रमा घटना भइरहेको अवस्थामा किशोरीकी दिदीले देखेपछि घटना’ बारे जानकारी गराएकी थिइन् । त्यसपछि घटना’ बारे प्रहरीलाई जानकारी पुगेको हो ।

पक्राउ परेका जाग्रीलाई प्रारम्भिक अनुसन्धान तथा बयान लिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय