श्रम संस्कृति पार्टीको सचिवमा शान्ति पाख्रिन

मोरङ । श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य शान्ति पाख्रिनले पार्टीको सचिवको जिम्मेवारी पाएकी छन्। पार्टीको केन्द्रीय समितिको सातौँ बैठकबाट पाख्रिनलाई सचिवको जिम्मेवारी दिइएको हो।

पाख्रिन यसअघि २०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीकी उम्मेदवार बनेकी थिइन्। निर्वाचनमा पार्टीबाट उम्मेदवारका रूपमा सक्रिय रहेकी पाख्रिन पछिल्लो समय संगठन निर्माण तथा विस्तारमा समेत सक्रिय रहँदै आएकी छन्।

पार्टीले उनलाई सचिवको महत्वपूर्ण जिम्मेवारी दिएसँगै संगठनभित्र उनको भूमिका थप बढेको छ। नयाँ जिम्मेवारीसँगै पाख्रिनले पार्टी संगठनलाई थप मजबुत बनाउने तथा श्रम संस्कृति पार्टीको नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

श्रम संस्कृति पार्टीले पछिल्लो समय संगठन विस्तारलाई तीव्रता दिँदै विभिन्न तहका नेता तथा कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्दै पार्टी संरचनालाई व्यवस्थित बनाउने अभियान अघि बढाइरहेको छ।

सचिवको जिम्मेवारी पाएपछि पाख्रिनले पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै संगठन विस्तार र पार्टीको गतिविधिलाई प्रभावकारी बनाउन सक्रिय भएर लाग्ने बताएकी छन्।

पाख्रिनको सचिव पदमा जिम्मेवारीसँगै पार्टीभित्र उनको राजनीतिक भूमिका थप प्रभावशाली बनेको देखिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय