दमक, झापा। दमकमा यामाहा मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेन्ज मेला सुरु भएको छ। यामाहा दमकले ग्राहकलाई लक्षित गर्दै बेलडाँगी रोडस्थित डी–म्याक्स अगाडि एक साताका लागि एक्सचेन्ज मेला सञ्चालनमा ल्याएको हो।
मेलाको मुख्य आकर्षणका रूपमा ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर ल्याएर उच्च मूल्यांकन गराउन सक्ने व्यवस्था गरिएको छ। पुरानो सवारीको मूल्यांकनपछि नयाँ यामाहा बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले ८ हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज छुट प्राप्त गर्न सक्नेछन्।



यस्तै, पुरानो सवारी एक्सचेन्ज नगरी नयाँ यामाहा खरिद गर्ने ग्राहकलाई पनि विशेष छुटको व्यवस्था गरिएको छ। क्यास वा फाइनान्समार्फत नयाँ बाइक तथा स्कुटर खरिद गर्दा ६ हजार रुपैयाँसम्म छुट उपलब्ध हुने यामाहा दमकले जनाएको छ।
ग्राहकले मेलास्थलमै आफ्नो पुरानो सवारीको मूल्यांकन गराउनुका साथै नयाँ यामाहाका विभिन्न मोडल, मूल्य, फाइनान्स सुविधा तथा उपलब्ध अफरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
यामाहा दमकका सञ्चालक सञ्जु पराजुलीका अनुसार पुरानो सवारीको उचित मूल्यांकन सुनिश्चित गर्दै ग्राहकलाई नयाँ यामाहा खरिदमा थप सुविधा र सहजता प्रदान गर्ने उद्देश्यले एक्सचेन्ज मेला आयोजना गरिएको हो।
एक सातासम्म सञ्चालन हुने मेलाले पुरानो सवारीलाई नयाँ यामाहासँग अपग्रेड गर्न चाहने ग्राहकका लागि विशेष अवसर उपलब्ध गराएको छ।










