कमल गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सुमन यङ्या

कमल, झापा । झापाको कमल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुमन यङ्या हाजिर हुनुभएको छ। उहाँले हिजोदेखि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको हो।

विभिन्न स्थानीय तह तथा मालपोत कार्यालयमा रहेर काम गरेको अनुभव हासिल गर्नुभएका यङ्याको प्रशासनिक क्षेत्रमा राम्रो अनुभव रहेको छ। सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन तथा कार्यालय सञ्चालनमा अनुभव संगाल्नुभएका उहाँको आगमनले गाउँपालिकाको कामकारबाही थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

नागरिकमैत्री सेवा प्रवाह, पारदर्शिता र प्रशासनिक चुस्ततालाई प्राथमिकता दिँदै विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउनु नयाँ प्रमुख प्रशासकीय अधिकृत यङ्याका लागि मुख्य जिम्मेवारीका रूपमा रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय