भैरब रिसाल फाउन्डेसनद्वारा भैरब मावि गोकुलेका विद्यार्थीलाई झोला तथा स्टेशनरी वितरण

काभ्रे । भैरब रिसाल फाउन्डेसनले महाभारत गाउँपालिका–१ गोकुलेस्थित भैरब माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरेको छ।

फाउन्डेसनको पहलमा बालविकासदेखि कक्षा १० सम्म अध्ययनरत २४० जना विद्यार्थीलाई झोला, कापी, सिसाकलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो।

वरिष्ठ पत्रकार तथा साहित्यकार स्वर्गीय भैरब रिसालको स्मृतिमा उहाँकी छोरी एवं प्राध्यापक सुषमा रिसाल सापकोटाले विद्यालयमै पुगेर सामग्री हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै सापकोटाले बुबाको स्मृतिमा विकट तथा दुर्गम क्षेत्रमा रहेका विद्यार्थीहरूसम्म शैक्षिक सहयोग पुर्‍याउन पाउँदा खुशी लागेको बताउनुभयो। गरिब तथा जेहेन्दार विद्यार्थीलाई झोला र स्टेशनरी वितरण गर्न पाउँदा थप ऊर्जा मिलेको उल्लेख गर्दै उहाँले हरेक वर्षजस्तै महाभारत गाउँपालिकासम्म पुग्न सहयोग गर्ने विद्यालयका संस्थापक प्रधानाध्यापक खुबनाथ दुलालप्रति धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रमको सहजीकरण विद्यालयका संस्थापक प्रधानाध्यापक खुबनाथ दुलालले गर्नुभएको थियो।विद्यालयले सम्मान गर्दै

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय