विराटनगर — मोरङ प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेशन’ अन्तर्गत ७२ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उक्त अपरेशन सञ्चालन गरिएको हो।
प्रहरीले लागू औषधको कारोबार तथा सेवन, चोरी, गुन्डागर्दी, समाजमा अशान्ति फैलाउने लगायत गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
यो अपरेशन बैशाख १० गते बेलुका ६ बजेदेखि ११ गते बिहान ६ बजेसम्म मोरङ जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको थियो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



