कार्की आयोगप्रति प्रश्न: “निष्पक्ष छानबिन होइन, राजनीतिक वैधानिकताको प्रयास” – हिक्मत कार्की

कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का नेता हिक्मत कुमार कार्कीले कार्की आयोगको प्रतिवेदनप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले उक्त आयोग निष्पक्ष छानबिनका लागि नभई निश्चित राजनीतिक उद्देश्यसहित गठन गरिएको आरोप लगाएका छन्।

उनका अनुसार आयोगको प्रतिवेदनले नै यसको निष्पक्षतामाथि शंका उत्पन्न गरेको छ। उनले ०८२ सालको आम निर्वाचन र आयोगको प्रतिवेदनलाई ‘अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास’का रूपमा व्याख्या गरेका छन्। सोही आधारमा निर्वाचनको परिणाम र आयोगको निष्कर्ष आएको उनको दाबी छ।

कार्कीले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको उल्लेख गरेका छन्। उनका अनुसार अल्गोरिदमको प्रयोगबाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ, जसले आगामी दिनमा राष्ट्र र लोकतन्त्र दुवैलाई चुनौती दिन सक्ने संकेत देखिएको छ।

यस्तो परिस्थितिमा उनले नयाँ शक्ति र नेतृत्वलाई आफ्ना दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, जनतालाई प्रत्यक्ष अनुभवमार्फत उनीहरूको मूल्याङ्कन गर्न दिनु उपयुक्त हुने उनले बताएका छन्।

तर कार्कीले स्पष्ट रूपमा भनेका छन् कि लोकपृयतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन समाधानको बाटो नभएको र विचारधारात्मक राजनीति नै स्थायी विकल्प हुने बताएका छन्। (नेकपा एमाले महासचिव शंकर पोखरेलको सामाजिक सञ्जाल अभिव्यक्तिको)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय