विश्वासिलो सहकारीको १५औं वार्षिकोत्सवमा वृक्षारोपण तथा गमला वितरण

झापा — दमकस्थित विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिकोत्सवको अवसरमा दमक–१ स्थित साकेला थान परिसरमा वृक्षारोपण तथा गमला वितरण कार्यक्रम सम्पन्न भएको छ।

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिनुका साथै गमलासमेत वितरण गरिएको थियो।

कार्यक्रमले वातावरणीय सन्तुलन कायम गर्न, प्रदूषण न्यूनीकरण गर्न तथा स्वच्छ र हरियाली वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

संस्थाका अध्यक्ष असिम राईका अनुसार यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई संस्थाले धन्यवाद व्यक्त गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय