कचनकवल–४ मा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

झापाको कचनकवल गाउँपालिका–४, केचना क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

सोमवार साँझ करिब १८.३० बजेको समयमा बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको वि आर ११ सि ३०७१ नम्बरको भारतिय मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-००२ ह ६४११ नम्बरको सिटी आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कचनकवल–४ निवासी करिब ५० वर्षीय शुकदेव गणेश गम्भीर घाइते भएका थिए।घाइतेलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लगिएकोमा साँझ १९.१५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय