दमक । रोटरी क्लब अफ दमकको सक्रिय पहलमा पृथ्वी मावि दमकमा छात्रा मैत्री शौचालय निर्माण गरि अनावरण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। आज विद्यालय परिसरमा एक कार्यक्रममा बिच छात्रा मैत्री शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रमको अध्यक्षता रोटरी क्लबका अध्यक्ष केशब कुमार अग्रवालले गरेका थिए भने दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए भने दमक–७ का वडाध्यक्ष भिम प्रसाद पौडेलले बिशिष्ठ आतिथ्यताको साथै दमक नगरपालिका शिक्षा शाखा अधिकृत प्रविण खड्का, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन कुमार थापा, शिक्षक अभिभावक संघका अध्यक्ष लालसुन्दर राई लगायतका सामाजिक व्यक्तित्वहरूले आतिथ्यता ग्रहण गरेका थिए।
रोटरि क्लब अफ दमकका विभित्र पदाधिकारीको समेत उपस्थिति भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिष्णु कुमार राईले स्वागत मन्तव्य दिएका थिए भने रोटरी क्लबका निवर्तमान अध्यक्ष दिपु सन्दीप चापागाईंले छात्राहरूको स्वास्थ्य र शिक्षा सुधारमा योगदान दिन पाउँदा खुशी व्यक्त गरे।
कार्यक्रममा बोल्दै वडाध्यक्ष भीम प्रसाद पौडेलले क्लबको कार्यको सराहना गर्दै बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।
नगर प्रमुख रामकुमार थापाले भने, “क्लबले छात्रा लक्षित कार्यक्रममार्फत समाजमा सकारात्मक योगदान पुर्याएकोमा खुशी छौँ। नगरपालिका सधैं यस्ता पहलमा युवाहरूसँग सहकार्य गर्न तयार छ।”
यो परियोजना रोटरी आधारभूत साक्षरता तथा शिक्षा कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो र यसले छात्राहरूको सुरक्षा, स्वास्थ्य र अध्ययन वातावरण सुधार्ने दिशामा महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरिएको छ।
शैक्षिक संस्था र समुदायसँगको साझेदारीमा सम्पन्न भएको यस कार्यक्रमले सामाजिक उत्तरदायित्व र र सामाजिक सेवामा सक्रियता देखाउने उदाहरण प्रस्तुत गरेको छ।



