राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा खुस्बु ओली चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको नेता चयन गरेको छ। निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको उपस्थितिमा बसेको संसदीय दलको बैठकले ज्ञान बहादुर शाही(ज्ञानेन्द्र) लाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो।

त्यसैगरी, बैठकले खुस्बु ओलीलाई प्रमुख सचेतकमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौंमा बसेको बैठकबाट उक्त निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी गरिएको हो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय