कमल गाउँपालिकाको १८औँ गाउँ सभा सम्पन्न, संशोधित बजेट पारित

दमक । झापाको कमल गाउँपालिका मा गाउँ सभाको १८औँ अधिवेशन सम्पन्न भएको छ।

सोमबार सम्पन्न अधिवेशनले चालु आर्थिक वर्षको संशोधित बजेट, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।

सो अधिवेशन पालिका अध्यक्ष हुकुम सिंह राई को सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, सातै वडाका जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गाउँ सभाले आर्थिक अनुशासन र पारदर्शिता सुदृढ गर्ने उद्देश्यले महत्त्वपूर्ण निर्णयहरू पारित गरेको जनाइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय