ग्रिन वे एजुकेशनल एकेडेमीको १४औँ वार्षिकोत्सव सम्पन्न

दमक । झापाको दमक ५ स्थित ग्रिन वे एजुकेशनल एकेडेमीको १४औँ वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको सभाअध्यक्षता विद्यालयका अध्यक्ष कुमार तामाङले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि दमक नगर शिक्षा समितिका अध्यक्ष कुबेर भट्टराई रहेका थिए भने विशेष अतिथिमा विद्यालयका निर्देशक नविन राई र विद्यालय समिति सदस्य डिक तामाङ सहभागी थिए।

 

यसैगरी अतिथिहरुमा दमक वडा नम्बर ५ का सदस्य खड्गबहादुर राई, वडा नं. ५ का स्वास्थ्य प्रमुख धर्मेन्द्र रिमाल, बेथेल एकेडेमीकी प्रिन्सिपल एनि राई, सोही विद्यालयका प्रिन्सिपल पावल सुन्दास लगायत शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भट्टराईले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन र नाटक प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए। साथै विद्यालयले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो।

सोही अवसरमा एसइई परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई विदाई गर्दै उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरिएको थियो।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले विद्यालयले अपेक्षा भन्दा राम्रो प्रगति गरेको बताउँदै प्रकृतिसँग शिक्षालाई जोडेर नमुना विद्यालय बन्ने प्रयास सराहनीय रहेको बताए। उनले विद्यालयको प्रगतिशील कार्य अन्य विद्यालयका लागि उदाहरणीय भएको उल्लेख गरे।

 

त्यसैगरी विद्यालयका निर्देशक नविन राईले विद्यालयको शैक्षिक गुणस्तर र उपलब्धिबारे जानकारी दिँदै शिक्षा, साहित्य, कला, प्रकृति र प्रविधिसँग जोडेर शिक्षण गर्ने प्रतिबद्धता विद्यालयले निरन्तर कायम राखेको बताए।

 

विद्यालयका प्रिन्सिपल पावल सुन्दासले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०८२ चैत मसान्तसम्म भर्ना गर्ने विद्यार्थीहरूलाई ५० प्रतिशत शुल्क छुट प्रदान गरिने जानकारी दिए।

 

विद्यालयकी शिक्षिका प्रमिला गुरुङ र सुस्मिता विकले सञ्चालन गरेको कार्यक्रमको समापन सभाअध्यक्ष कुमार तामाङले गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय