‘प्रेस क्लव दमक’ को अध्यक्षमा डिकेश लामा

दमक । झापाको दमकलाई कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरू ‘प्रेस क्लव दमक’मा संगठित भएका छन्। सोमबार दमकमा आयोजित पत्रकारहरूको भेलाले ‘प्रेस क्लव दमक’ गठन गर्दै नौ सदस्यीय कार्यसमिति चयन गरेको हो।

नवगठित संस्थाको अध्यक्षमा डिकेश लामा चयन भएका छन्। समितिको उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, सचिवमा मिलन आचार्य, कोषाध्यक्षमा रीना बुढाथोकी तथा सहसचिवमा सुजन गौतम चयन भएका छन्। यस्तै कार्यसमिति सदस्यहरूमा ह्यारी राजवंशी, कृतिका कट्टेल, मनिश बराल र रोजिना भण्डारी रहेका छन्।

क्लबमा झापाको माइपश्चिम क्षेत्र र इलामको दक्षिणी क्षेत्रका सञ्चारकर्मीहरूलाई पनि समेटिने उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताए। उनका अनुसार ‘प्रेस क्लव दमक’ले प्रारम्भिक रूपमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ, जसको संयोजक गिरिराज भट्टराई रहेका छन्।

नवगठित समितिले तत्कालीन तथा दीर्घकालीन कार्ययोजना बनाएर संस्थाका गतिविधि अगाडि बढाउने जनाएको छ। समितिको तत्कालीन कार्यसूचीअन्तर्गत संस्था दर्ता, विधान निर्माण, संस्थागत गतिविधि सञ्चालन तथा नयाँ पुस्ताका पत्रकारहरूलाई तालिम प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष डिकेश लामाले जानकारी दिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय