गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीमाथि हातपात

 

 

गौरादह । गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदीमाथि आइतबार साँझ हातपात भएको छ ।

मेयर सुवेदीका अनुसार घटना उनको आफ्नै घरमा भएको हो । उनले घटनाको कारण राजनीतिक हो वा सामाजिक भन्नेबारे आफूलाई स्पष्ट जानकारी नभएको बताए ।

मेयर सुवेदीले उक्त घटनाबारे दमक प्रहरीमा अभद्र व्यवहार सम्बन्धी जाहेरी दर्ता गरिसकेको जानकारी दिएका छन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न उनले माग गरेका छन् ।

प्रारम्भिक जानकारी अनुसार गौरादह नगरपालिका ६, चप्रामारीका भिष्म सिटौलाले मेयर सुवेदीमाथि हातपात गरेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय