चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा सदर र वदर मतबारे विवाद हुँदा केहीबेर मतगणना प्रभावित भएको छ।
एउटा मतपत्रमा स्वस्तिक छाप र औठा छाप भेटिएपछि नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिले बिरोध जनाएका थिए । मतपत्रको घण्टी चिन्हमा स्वस्तिक छाप र तारा चिन्हमा औँठा छाप लागेको थियो ।
निर्वाचन अधिकृतले उक्त मतपत्रको स्वस्तिक छापलाई सदर गरेका थिए । तर, नेकपाका प्रतिनिधिले बिरोध जनाएपछि उक्त मतपत्रको टुङ्गो सर्वदलीय बैठक बसेर टुङ्गो लगाउने गरि पुनः मतगणना सुरु गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार सर्वदलीय सहमति भएअनुसार मतपत्र सदर गर्न प्रतिनिधिले अस्वीकार गर्दा समस्या भएको हो ।
उनले पुन सर्वदलीय बैठक बसेर छलफल गरि मतपत्रको विवाद टुङ्गो लगाउने गरि मतगणना सुचारु गरिएको जनाए । चितवन ३ मा सोबिता गौतमले ४ हजार भन्दा बढी मतले रेनु दाहाललाई पछि पारेकी छिन् ।



