वर्षमान पुनको दाबी : रोल्पामा नेकपाको विजय सुनिश्चित, सुशासन र समृद्धि मुख्य एजेन्डा

रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले रोल्पामा आफ्नो पार्टीको विजय सुनिश्चित भइसकेको दाबी गरेका छन्। रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै निर्वाचनमार्फत देशको सबैभन्दा ठुलो र निर्णायक पार्टी नेकपा बन्ने दाबी गरे।

 

उनले भने, ‘हामी वैचारिक प्रतिस्पर्धा गर्न चाहन्छौँ । लोकतान्त्रिक मूल्य मान्यतामा उभिएर शान्तिपूर्ण ढङ्गले सहकार्य गरेका छौँ । जनताको बिचमा जान पाउनु १० वर्षको जनयुद्ध र जनआन्दोलनबाट हासिल भएको लोकतान्त्रिक अधिकार हो ।’

 

देशको वर्तमान राजनीतिक अवस्थाको चर्चा गर्दै पुनले सुशासन र समृद्धिको एजेन्डालाई मुख्य प्राथमिकतामा राखेको बताए।

 

उनले भने, ‘एकातिर सिंहदरबार जलाउने र देश विध्वंस गर्नेहरू छन् भने अर्कोतिर जेनजी आन्दोलनकारी नवयुवाहरूको शान्तिपूर्ण मागमाथि गोली चलाउने र दमन गर्नेहरू छन् । हामी यी दुवै प्रवृत्तिका विरुद्धमा छौँ ।’

 

उनले पार्टीका संयोजक पुष्पकमल दाहाल नेतृत्वको १८ महिनाको सरकारले भ्रष्टाचारका ठुला फाइलहरू खोल्दा बिचौलिया र भ्रष्टाचारलाई संस्थागत गर्नेहरूले सरकार ढालेको आरोप समेत लगाए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय