By Dikendra
काभ्रेपलाञ्चोक — नेपाली कम्युनिस्ट पार्टी काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बसुन्धरा हुमागाँईले मंगलबार स्वर्गीय बामपन्थी नेता रुद्र बानियाँको सालिकमा माल्यार्पण गर्दै चुनावी घरदैलो अभियानको औपचारिक सुरुवात गर्नुभएको छ।
पाँचखाल क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा उहाँले किसान, उद्योगी, व्यापारी, युवा, ज्येष्ठ नागरिक, महिला तथा विभिन्न समुदायका प्रतिनिधिसँग भेटघाट गर्नुभयो।
उम्मेदवार हुमागाँईले सो क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना तथा आधारभूत पूर्वाधार सुदृढीकरण आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो। “यहाँका नागरिकको विश्वास जितेर सेवा गर्नेछु,” उहाँले भन्नुभयो।
काभ्रेपलाञ्चोकमा चुनावी माहोल तातिँदै जाँदा विभिन्न दलका उम्मेदवारहरू घरदैलो अभियानलाई तीव्र बनाइरहेका छन्।




