
नेपाल कम्युनिस्ट पार्टी संयुक्त माेर्चा दलका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा उमेदवार राजन थापा सहित विभिन्न राजनीतिक दल परित्याग गरी करिब चार दर्जना कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेहरूमा एमाले ,काङ्ग्रेस तथा राष्ट्रिय स्वतन्त्र पार्टी का कार्यकर्ता रहेका छन्। शनिबार काभ्रे–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा उनीहरूले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।
कार्यक्रममा नयाँ प्रवेशीहरूलाई पार्टीका संयोजक पुष्प कमल दाहालले खादा तथा माला लगाएर स्वागत गर्नुभएको थियो।कार्यक्रममा बोल्दै संयोजक दाहालले देशको वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट शक्तिहरूलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
नयाँ प्रवेशीहरूले पार्टीको नीति तथा कार्यक्रमप्रति प्रतिबद्धता जनाउँदै आगामी अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।



