कमल गाउँपालिकाबाट बाढीपीडितका लागि २१ लाख ११ हजार १४९ रुपैयाँ सहयोग

‎कमल, झापा । रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कमल गाउँपालिकाले २१ लाख ११ हजार १४९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

‎‎कमल गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

‎गाउँपालिकाका अनुसार सहयोग रकममा दैवी प्रकोप कोषबाट २ लाख रुपैयाँ, जनप्रतिनिधिहरूबाट ७५ हजार ४१६ रुपैयाँ, अधिकृतस्तरका कर्मचारीहरूबाट ३ लाख १५ हजार २०० रुपैयाँ, सहायकस्तरका कर्मचारीहरूबाट १ लाख ५२ हजार २०२ रुपैयाँ, विद्यालयका शिक्षक तथा कर्मचारीहरूबाट १३ लाख १६ हजार ५६९ रुपैयाँ र कार्यालय सहयोगी तथा सवारी चालकहरूबाट ५१ हजार ७६२ रुपैयाँ रहेको छ।

‎गाउँपालिकाले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै विपदमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

‎‎विपद्को समयमा सहयोग, सहकार्य, समन्वय र ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले बताए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय