जलवायु न्यायका लागि स्थानीय तहबाटै पहल आवश्यक : मन्त्री चौधरी

मुस्ताङ । वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका चुनौती समाधानका लागि स्थानीय तहबाटै प्रभावकारी पहल आवश्यक रहेको बताएकी छन्।

घरपझोङ गाउँपालिका, मुस्ताङले आयोजना गरेको जलवायु सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिने, हिमतालको जोखिम बढ्ने तथा बाढी, पहिरो, खडेरी र डढेलोको जोखिम बढिरहेको बताइन्।

नेपालको हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान भए पनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु कोष, प्रविधि र आवश्यक सहयोग प्राप्त हुनुपर्ने उनको भनाइ थियो।

मन्त्री चौधरीले मुस्ताङका लागि पानीका स्रोत संरक्षण, हिमताल तथा हिमनदी जोखिम व्यवस्थापन, जलवायु अनुकूल कृषि, जैविक विविधता संरक्षण र वातावरणमैत्री पर्यटनलाई प्राथमिकता दिनुपर्ने बताइन्।

उनले जलवायु अनुकूलनमा महिला, आदिवासी जनजाति, स्थानीय समुदाय र युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय