रोटरीको मनोरञ्जनसँगै सामाजिक सेवा, ‘हनुमान अंश’ च्यारिटी शोबाट २ लाख संकलन

दमक । मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व जोड्दै दमकमा ‘हनुमान अंश’ फिल्मको च्यारिटी शो गरिएको छ। शोमा २४० दर्शक सहभागी भएका छन् भने अटिजम तथा अपाङ्गता भएका विद्यार्थीको सहयोगका लागि करिब २ लाख रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ।

रोटरी क्लब अफ दमकको आयोजना तथा ध्रुवतारा स्पोर्टिङ क्लब दमकको सहयोगमा आयोजित च्यारिटी शोबाट सरस्वती माध्यमिक विद्यालय दमक–९ मा अध्ययनरत अटिजम तथा अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य राखिएको थियो।

रोटरी क्लब अफ दमकका अध्यक्ष सागर श्रेष्ठका अनुसार कार्यक्रममा रोटरीका पूर्वअध्यक्ष, रोट्र्याक्टर, इन्टर्याक्टर, चिकित्सक, शिक्षक, युवा तथा बालबालिकासहित विभिन्न क्षेत्रका व्यक्तिको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा दमक नगरपालिकाका नगर प्रमुख राम थापा, विद्यालय घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय