‘इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकन–२०२६’ को उपाधि स्नेहा र नुविनालाई

दमक । झापाको दमकमा ‘इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकन–२०२६’ (सिजन–४) को ग्राण्ड फिनाले सम्पन्न भएको छ।

किङ्स नेपाल क्रिएसन कम्पनी प्रालिको आयोजनामा आइतबार दमकस्थित हिमालय माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा विभिन्न विधाका विजेताहरू घोषणा गरिएको हो।

प्रतियोगिताको सिनियरतर्फ प्रिन्सेसमा स्नेहा लिम्बू, प्रदेश विजेतामा रोशनी चौधरी र झापा विजेतामा इच्छा राई घोषित भए। प्रिन्सतर्फ सोहन सेडाईँ विजेता बने भने प्रदेश विजेताको ताज रवि टुडुले जिते।

जुनियरतर्फ प्रिन्सेसमा नुनिवा चेम्जोङ, प्रदेश विजेतामा दिप्मा लिम्बू, झापा विजेतामा नुरिन योङ्हाङ तथा दमक विजेतामा आशिका राई घोषित भए। प्रिन्सतर्फ ग्रीस राई विजेता बने।

यस्तै, मल्टिमिडिया अवार्डतर्फ सिनियरमा प्रतिमा रोका र इच्छा राई तथा जुनियरमा दिप्मा लिम्बू र यूनिस थापा मगर विजेता बनेका छन्।

किङ्स नेपालका संस्थापक कृष्ण शाहका अनुसार प्रतियोगितामा सहभागी विद्यार्थीको प्रतिभा, व्यक्तित्व तथा प्रस्तुति क्षमताका आधारमा विभिन्न विधामा विजेता छनोट गरिएको हो।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्णायकका रूपमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिस्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय