दमक । रोटरी क्लब अफ दमकका रोटेरियनहरूका लागि एआई टुल्स तथा डिजिटल साक्षरतासम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ । एसीईई सोलुसन टिमद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम जानकारीमूलक, व्यवहारिक तथा प्रेरणादायी बनेको क्लबले जनाएको छ ।
कार्यक्रममा सहभागी रोटेरियनहरूले आधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी उपकरण तथा डिजिटल साक्षरताका विविध पक्षबारे उपयोगी ज्ञान हासिल गरेका थिए ।



तालिमका क्रममा डिजिटल प्रविधिको प्रभावकारी प्रयोग, आधुनिक सञ्चार प्रणाली तथा दैनिक कार्यमा एआईको प्रयोगबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो ।
सहभागीहरूले कार्यक्रमले आफ्नो ज्ञान, क्षमता तथा सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
रोटरी क्लब अफ दमकले एसीईई सोलुसन टिमको व्यावसायिक प्रस्तुति, विशेषज्ञ मार्गदर्शन तथा प्रविधिमार्फत समुदायलाई सशक्त बनाउने प्रयासको प्रशंसा गरेको छ ।
क्लबले आगामी दिनमा पनि यस्ता ज्ञानमूलक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरेको छ ।









