धुलिखेल। काभ्रेको धुलिखेल नगरपालिका–७ मा “ओ माइ ग्लोस युनिसेक्स सेलुन एण्ड एकेडेमी” औपचारिक रूपमा सञ्चालनमा आएको छ। सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी आधुनिक सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको उक्त व्यवसायको उद्घाटन विशेष कार्यक्रमबीच सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रम काठमाडौं मित्र मण्डलीका पास्टर आमेन थापा, धुलिखेल–७ का वडा अध्यक्ष रोमी प्रसाद व्याञ्जु तथा सञ्चालक परिवारका अभिभावकले संयुक्त रूपमा रिबन काटेर गरेका थिए। कार्यक्रममा स्थानीय समाजसेवी, व्यवसायी, युवायुवती तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



सञ्चालक सृजना राई र साजन खड्गीले आधुनिक प्रविधि र स्वच्छ वातावरणमा गुणस्तरीय सेवा दिने लक्ष्यसहित व्यवसाय सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्। उनीहरूका अनुसार पार्लरमा हेयर कटिङ, हेयर स्टाइलिङ, मेकअप, स्किन केयर, फेसियल, वैक्सिङ लगायत सम्पूर्ण सौन्दर्य सेवा उपलब्ध हुनेछन्। साथै, व्यावसायिक सीप विकासका लागि व्युटिसियन तालिमसमेत सञ्चालन गरिनेछ।
पार्लरमा प्रयोग हुने सामग्रीहरू स्वास्थ्य मापदण्डअनुसार सुरक्षित र गुणस्तरीय रहेको तथा सेवाग्राहीलाई स्वच्छ र आरामदायी अनुभव दिलाउने गरी विशेष ध्यान दिइएको सञ्चालक पक्षले जनाएको छ। दक्ष तथा अनुभवी जनशक्तिबाट सेवा प्रदान गरिने भएकाले ग्राहकले सहज र सन्तोषजनक सेवा प्राप्त गर्ने विश्वास लिइएको छ।
उद्घाटन अवसरमा पार्लरले एक महिनासम्म सम्पूर्ण सेवामा ५० प्रतिशत छुटको विशेष अफर पनि सार्वजनिक गरेको छ। यस अफरले स्थानीय सेवाग्राहीलाई गुणस्तरीय सेवा सहुलियत दरमा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
सञ्चालक सृजना राईले ग्राहकको स्वास्थ्य, विश्वास र सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रदान गरिने बताउँदै हरेक ग्राहकलाई फरक अनुभव दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
वडाध्यक्ष रोमी प्रसाद व्याञ्जुले आधुनिक प्रविधि र आकर्षक डिजाइनसहित सञ्चालनमा आएको यस व्यवसायले स्थानीय स्तरमा रोजगारी तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रम धार्मिक विधिअनुसार प्रार्थना, ख्रीष्टियन गीत तथा बाइबलबाट छोटो सन्देशसहित सम्पन्न गरिएको थियो। व्यवसायको सफलताको कामनासहित आशिषको प्रार्थना पनि गरिएको आयोजकले जनाएको छ।

संचालक दम्पती सृजना राई र साजन खड्गी साथमा पास्टर आमेन थापा










