नयाँ नेपाली ख्रीष्टियन गीत ‘मनभित्रको भाव’ चाँडै सार्वजनिक हुने

काठमाडौं । गायक कुशल दर्जीको स्वरमा तयार गरिएको नयाँ नेपाली ख्रीष्टियन गीत ‘मनभित्रको भाव’ छिट्टै सार्वजनिक हुने भएको छ। पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले गीत छिट्टै दर्शक तथा श्रोतामाझ ल्याइने जानकारी दिएको हो।

गीतमा शब्द तथा संगीत ग्याल्चेन बोम्जनको रहेको छ भने संगीत संयोजन पनि बोम्जनले नै गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्।

त्यसैगरी गीतको निर्माता फेबी दर्जी रहेकी छन् भने भोकल रेकर्डिङ कुशल दर्जी स्टुडियो, अमेरिकामा गरिएको जनाइएको छ। गीतको ग्राफिक्स तथा सम्पादन सञ्जोक रसाइलीले गरेका छन्।

निर्माण टिमका अनुसार प्रेरणादायी सन्देश बोकेको यो ख्रीष्टियन गीत छिट्टै सार्वजनिक हुने भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय