दमकमा ‘इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकन–२०२६’को ग्रान्ड फिनाले हुँदै

दमक । झापाको दमकमा ‘इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकन–२०२६’ (सिजन–४) को ग्रान्ड फिनाले भदौ २१ गते हुने तय भएको छ।

किङ्स नेपाल क्रिएसन कम्पनी प्रालिको आयोजनामा हुने प्रतियोगिताको ग्रान्ड फिनाले दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा हुनेछ।

प्रतियोगितामा सिनियर र जुनियर गरी दुई विधामा प्रतिस्पर्धा आयोजना गरिएको हो। सिनियर क्याटेगोरीमा १३ देखि १८ वर्ष उमेर समूहका १३ जना तथा जुनियर क्याटेगोरीमा ८ देखि १२ वर्ष उमेर समूहका २० जना गरी ३३ जना प्रतिस्पर्धी ग्रान्ड फिनालेमा पुगेका छन्।

प्रतियोगिताको चौथो संस्करणका लागि आयोजित अडिसनमा झापा जिल्लाभरिबाट करिब ८० देखि ९० जना विद्यार्थी सहभागी भएका थिए। विभिन्न चरणको प्रतिस्पर्धा पार गर्दै ३३ जना ग्रान्ड फिनालेका लागि छनोट भएको आयोजकले जनाएको छ।

किङ्स नेपाल क्रिएसन कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण शाहले विद्यार्थीमा लुकेको प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताउनुभयो। उहाँले प्रतियोगिताले विद्यार्थीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने बताउनुभयो।

प्रतियोगितामार्फत विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै उनीहरूको व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिमा सहयोग पुग्ने आयोजकको विश्वास छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय