धुरन्धर’को विश्वव्यापी दबदबा : बक्स अफिसमा १३ सय करोड पार, Netflixमा २०२४ यताकै सर्वाधिक हेरिने भारतीय फिल्म

मुम्बई। रणवीर सिंह अभिनित स्पाइ-थ्रिलर फिल्म ‘धुरन्धर’ ले भारतीय बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जित्यो । रिलिजको चार हप्तामै यसले नेटफ्लिक्समा सन् २०२४ यता रिलिज भएका ठूला भारतीय फिल्मलाई पछि पारेको थियो ।

 

भारत मात्र होइन, पाकिस्तान, बंगलादेश, ओमान र माल्दिभ्समा पनि उत्कृष्ट १० गैर-अंग्रेजी फिल्मको सूचीमा नम्बर १ स्थानमा ट्रेन्ड भइरहेको छ ।

 

आदित्य धर निर्देशित फिल्मले बहराइन, कुवेत, श्रीलंका, मलेसिया, कतार, यूएई, मौरिसस र नाइजेरिया लगायत ८ देशमा पनि शीर्ष १० स्थान बनाएको छ । भारतीय बक्स अफिसमा १३०० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ ।

 

ओटीटी प्लेटफर्ममा पनि बलियो उपस्थिती देखिन्छ । नेटफ्लिक्सको तथ्यांकअनुसार चौथो हप्तामा फिल्मले २ मिलियन भ्यूज हासिल गरेको छ र विश्वव्यापी शीर्ष १० गैर-अंग्रेजी फिल्मको सूचीमा आठौँ स्थानमा पुगेको छ । एक महिनामै फिल्मले करिब ६६.३ मिलियन घण्टा हेरिएको रेकर्ड पार गरेको छ ।

 

३० जनवरीदेखि ओटीटी प्लेटफर्ममा स्ट्रिम भइरहेको यो फिल्म नेटफ्लिक्समा सन् २०२४ यता सबैभन्दा धेरै हेरिने भारतीय फिल्म बनेको छ । यसले विजय सेतुपतिको फिल्म ‘महाराजा’ लाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ ।

 

यदि सन् २०२४ देखि २०२६ सम्म यस ओटीटी प्लेटफर्ममा थिएटरमा रिलिज भएपछि स्ट्रिम भएका फिल्महरूको भ्यूजको कुरा गर्ने हो भने, त्यस सूचीमा धेरै ब्लकबस्टर फिल्महरू समावेश छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय