श्रीखण्डपुर चाडपर्व व्यवस्थापन समितिको १३औँ साधारण सभा सम्पन्न

धुलिखेल — धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरस्थित श्रीखण्डपुर चाडपर्व व्यवस्थापन समितिको १३औँ साधारण सभा सम्पन्न भएको छ।

संस्कृति, परम्परा तथा चाडपर्वलाई जीवन्त राख्ने उद्देश्यले वि.सं. २०६७ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको समितिको साधारण सभा वडा नं. ५ का अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

समितिका अध्यक्ष हरिगोपाल प्रधानाङ्गको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष सुन्दर लाल रञ्जितकारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सभामा अध्यक्ष प्रधानाङ्गले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले समितिले संस्कृति तथा परम्पराको संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा जात्रा तथा पर्वहरूलाई अझ व्यवस्थित ढंगले सञ्चालन गर्न सुझाव दिनुभयो। साथै वडाको तर्फबाट आवश्यक आर्थिक तथा अन्य सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

सभाले आर्थिक वर्ष २०८३/८४ का वार्षिक कार्यक्रमहरू पारित गर्दै साधारण सभा सम्पन्न गरेको समितिले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय