महिनावारी स्वच्छता दिवसको अवसरमा मंगलमय माविमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

झापा। कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा श्री मंगलमय माध्यमिक विद्यालयमा “महिनावारी स्वच्छता दिवस” को अवसर पारेर महिनावारी व्यवस्थापन सम्बन्धी वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत विद्यार्थीहरूमा महिनावारी स्वच्छता, स्वास्थ्य सचेतना तथा सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन कुमार बगाले, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टिकाराम सापकोटा, स्वास्थ्य शाखा प्रतिनिधि तथा सिनियर अनमी प्रतीक्षा शाह, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मंगलमय स्वास्थ्य इकाइ संयोजक हरीबहादुर बगालेको समन्वयमा सम्पन्न कार्यक्रमको प्रस्तुति चाइना सापकोटाले गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य मुना अधिकारीले राख्नुभएको थियो

वक्तृत्वकला प्रतियोगितामा २७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा मिना अधिकारी, ओमप्रकाश गौतम तथा मिना बास्कोटा रहनुभएको थियो।

सहभागी विद्यार्थीहरूले महिनावारी स्वच्छता, यसको व्यवस्थापन, सामाजिक चेतना तथा स्वास्थ्य सुरक्षासम्बन्धी विषयमा प्रभावकारी प्रस्तुति दिएका थिए।

प्रतियोगितामा उज्वल ढकाल प्रथम, अर्चना अधिकारी द्वितीय तथा रेयन सापकोटा तृतीय हुन सफल भए। यस्तै रुमिशा सिग्देल, सृजना थापा र रोहन रपालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रमका वक्ताहरूले महिनावारीलाई लाज वा संकोचको विषय नभई प्राकृतिक प्रक्रिया भएको उल्लेख गर्दै किशोरीहरूमा सही जानकारी र स्वच्छता अभ्यास आवश्यक रहेको बताएका थिए।

कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय