गौरादहको चुनावी माहोलमा चर्चामा ताराकुमार श्रेष्ठ

गौरादह । झापाको गौरादह यतिबेला उद्योगी–व्यवसायीको चुनावी माहोलले तातेको छ। आगामी जेठ ९ गते हुने गौरादह उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन नजिकिँदै जाँदा बजारदेखि चिया पसलसम्म चुनावी चर्चा बाक्लिन थालेको छ।

गौरादहमा सहकारी, खानेपानी संस्था, सामाजिक संघसंस्था तथा टोल विकास समितिसम्ममा सहमतिबाट नेतृत्व चयन गर्न कठिन बन्दै गएको वर्तमान परिवेशमा उद्योग वाणिज्य संघको निर्वाचन पनि प्रतिस्पर्धात्मक बन्दै गएको छ।

यसैबीच अहिले चर्चामा रहेका युवा व्यवसायी तथा सामाजिक अभियन्ता हुन् ताराकुमार श्रेष्ठ। गौरादह नगरपालिका–५ निवासी श्रेष्ठले उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

टेन्ट तथा साउण्ड सिस्टम व्यवसायमा संलग्न श्रेष्ठ सामाजिक तथा संस्थागत क्षेत्रमा पनि सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनी गौरादह जेसीजका पूर्व अध्यक्ष हुन् भने सुनगाभा युथ क्लबको अध्यक्षको जिम्मेवारीसमेत सफलतापूर्वक सम्हालिसकेका छन्।

संस्थागत अनुभवका हिसाबले पनि उनी अनुभवी मानिन्छन्। उद्योग वाणिज्य संघमा दुई कार्यकाल सदस्य र एक कार्यकाल तृतीय उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका श्रेष्ठ हाल साउण्ड सिस्टम व्यवसायी संघ नेपालका केन्द्रीय सह–सचिवसमेत हुन्।

त्यस्तै, सामाजिक तथा जातीय संस्थाहरूमा पनि उनको सक्रियता देखिन्छ। उनी नेवा देय दबुका जिल्ला सदस्य रहिसकेका छन् भने स्थानीय चान्दु खानेपानी समितिमा सचिवको भूमिका पनि निर्वाह गरिसकेका छन्।

व्यापारिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमा उनको योगदान उल्लेखनीय मानिन्छ। वाणिज्य संघ र लायन्स क्लबमार्फत आयोजना गरिएका व्यापार मेला तथा सांस्कृतिक महोत्सवहरूमा उनले नेतृत्वदायी भूमिका खेलेका छन्। साथै नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रदेश सदस्यका रूपमा गौरादहको खेलकुद विकासमा समेत सक्रिय योगदान दिँदै आएका छन्।

हाल उनी लायन्स क्लब अफ गौरादह युनाइटेडका अध्यक्षको जिम्मेवारीमा छन्। व्यवसाय, समाजसेवा र संस्थागत नेतृत्वलाई समान प्राथमिकताका साथ अघि बढाउँदै आएका श्रेष्ठलाई स्थानीय युवामाझ ऊर्जाशील, जिम्मेवार र सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छ।

दिनरात नभनी सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय रहने श्रेष्ठ अहिले गौरादहका लागि “चम्किलो तारा” का रूपमा चर्चित बन्दै गएका छन्। अब यही सक्रियता र अनुभवलाई उद्योग वाणिज्य संघको नेतृत्व तहसम्म पुर्‍याउने अभियानमा उनी जुटेका छन्।

प्रथम उपाध्यक्ष पदका उम्मेदवार ताराकुमार श्रेष्ठको चुनावी यात्रा केवल व्यक्तिगत आकांक्षा मात्र नभई गौरादहको व्यवसायिक नेतृत्वमा नयाँ ऊर्जा, सक्रियता र युवा सहभागिताको अपेक्षासँग जोडिएर हेरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय