नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापा क्षेत्रीय ५ समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

झापा । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापा क्षेत्रीय ५ समितिको आयोजनामा प्रथम वार्षिक साधारण सभा आइतबार भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा संघका पदाधिकारी, सदस्य, समाजसेवी तथा भूतपूर्व सैनिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साधारण सभामा संगठनको वार्षिक गतिविधि, आगामी योजना तथा भूतपूर्व सैनिकहरूको हकहितका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमका सभापति गोपाल निरौलाले भूतपूर्व सैनिकहरूबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो। प्रमुख अतिथि जिल्ला सभापति काजी बहादुर कार्कीले संगठनले समाज र राष्ट्रप्रति पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो।

सो अवसरमा जग्गा दाता युवनाथ अधिकारी तथा वीरगति प्राप्त परिवारलाई विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

उपसभापति दिपक पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव बलराम धिमालले गर्नुभएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय