दमक । दमकको मुख्य चौकमा कुदिरहेको मोटरसाईकलमा आगलागि भएको छ । पूर्ब पश्चिम राजमार्ग अन्तर्गत दमकस्थित गणतन्त्र चौकमा रोयल ईन्फिल्ड ( बुलेट) बाईकमा आगलागी भएको हो ।
आगलागिका कारण मोटरसाईकलमा सामान्य क्षति पुगेको छ । मानबीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलमा लागेको आगो नियन्त्रणमा आएको छ । थप बिबरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।



