कमलनगर जेसीजद्वारा भित्तेपात्रो विमोचन तथा नववर्ष शुभकामना आदान–प्रदान सम्पन्न

झापा — कमलनगर जेसीजले नयाँ वर्ष २०८३ को अवसर पारेर भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कमल ४ स्थित जेसीज सचिवालयमा आयोजित उक्त कार्यक्रम कमलनगर जेसीज वर्ष २६ का अध्यक्ष जेसी देवराज भण्डारी (महेश) को अध्यक्षता तथा वर्ष २६ का कानुनी सल्लाहकार जेसी हरी अधिकारीको संयोजकत्वमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै कमलनगर जेसीज वर्ष १८ का अध्यक्ष जेसी केदार कटुवालले संस्थाले समाज परिवर्तनका लागि गरेको योगदान र सकारात्मक कार्यका कारण सबैको मन जित्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा समाज रुपान्तरणमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यस्तै, आजीवन सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि जेसी राजन बहादुर ढुङ्गानाले जेसीजले समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दै सकारात्मक अभियान सञ्चालन गरिरहेको बताउँदै विभिन्न संघ–संस्थासँग सहकार्य गरेर अझ युवामैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने समय आएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन कमलनगर जेसीज वर्ष २६ की महासचिव जेसी मनिषा कठायतले गर्नुभएको थियो भने वर्ष २३ का अध्यक्ष जेसी रिजु कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जेसीजका पदाधिकारी, सिनेटर, आजीवन सदस्य लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय