“जनताको पक्षमा खुट्टा कमाउने दिन आए राजनीतिबाट संन्यास लिन्छु” – हुकुम सिंह राई

कमल — कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले आफूले जीवनभर इमानदार र निष्ठापूर्वक राजनीति गर्दै आएको दाबी गरेका छन्।

उनले आफ्नो विगतको अवस्था र धरातल जस्तो थियो, आज पनि त्यही रहेको र भविष्यमा पनि त्यही रहने स्पष्ट पारेका छन्।

अध्यक्ष राईले जनताको पक्षमा काम गर्दा कहिल्यै पछि नहट्ने बताउँदै भने, “जीवनभरि इमानदार र निष्ठाको राजनीति गरेको छु। बिगत मेरो अवस्था र धरातल जे थियो, आज पनि त्यही हो, जहिले रहिरहने छ।”

उनले थप स्पष्ट गर्दै जनताको हितमा काम गर्दा कुनै दिन खुट्टा कमाउने अवस्था आएमा राजनीतिबाट संन्यास लिने चेतावनीसमेत दिएका छन्। “जनताको पक्षमा खुट्टा कमाउने दिन आए राजनीति बाट संन्यास लिने छु,” उनको भनाइ छ।

अध्यक्ष राईको यो अभिव्यक्ति अहिले स्थानीय स्तरमा चर्चाको विषय बनेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय