कमल–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सन्दिप थापा — कमल गाउँपालिका वडा नं. २ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा राष्ट्रिय खोप कार्यक्रमको मापदण्ड अनुसार वडाभित्रका लक्षित सबै बालबालिकाले निर्धारित उमेर अनुसारका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि उक्त वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो।

साथै, आगामी दिनहरूमा पनि खोप सेवा निरन्तर, प्रभावकारी र पहुँचयोग्य रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै दिगोपना सुनिश्चित गरिएको जनाइएको छ।

घोषणा कार्यक्रममा वडा अध्यक्ष असोक सुब्बा, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वडाध्यक्ष सुब्बाले खोप कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

वडा स्तरमा सञ्चालन गरिएको घरदैलो अभियान, नियमित अनुगमन, अभिलेख व्यवस्थापन तथा समुदायको सक्रिय सहभागिताका कारण यो उपलब्धि हासिल भएको हो।

कमल गाउँपालिका वडा नं. २ ले आगामी दिनहरूमा पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपनालाई थप सुदृढ बनाउँदै अघि बढ्ने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय