दमक । दमक नगरपालिकाको आज बसेको आकस्मिक कार्यपालिका बैठकले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा ३१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगरप्रमुख राम थापाले दमक टाउन डटकमलाई बताउँदै विपद्को कठिन घडीमा पीडित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो।



उहाँले भन्नुभयो, “विपद्ममा परेका नागरिकलाई राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले ३१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौँ।”










