कमल गाउँपालिकाका स्वास्थ्य संस्थामा PAMS V2 सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न

कमल । कमल गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट हुने जिन्सी तथा स्टोर व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले PAMS V2 सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिकाअन्तर्गतका ८ वटै स्वास्थ्य संस्थाका प्रमुख, स्टोर तथा जिन्सी शाखाका प्रमुख एवं फोकल पर्सन र फार्मेसीका कर्मचारीहरूको सहभागितामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा स्वास्थ्य कार्यालय, झापाका युवनाथ बरालले PAMS V2 प्रणालीको प्रयोग, स्वास्थ्य संस्थामा जिन्सी तथा औषधि व्यवस्थापन, अभिलेख राख्ने प्रक्रिया तथा प्रणालीको प्रभावकारी सञ्चालनलगायतका विषयमा प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो।

अभिमुखीकरणबाट स्वास्थ्य संस्थामा रहेका औषधि, स्वास्थ्य सामग्री तथा अन्य जिन्सी सामग्रीको व्यवस्थित अभिलेखीकरण, भण्डारण, माग र वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले PAMS V2 को प्रयोगसम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्नुका साथै प्रणाली सञ्चालनका क्रममा देखिन सक्ने समस्या, त्यसको समाधान तथा प्रभावकारी प्रयोगका विषयमा समेत छलफल गरेका थिए।

स्वास्थ्य संस्थामा जिन्सी तथा औषधि व्यवस्थापनलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै अभिलेखलाई व्यवस्थित बनाउने प्रयासले सामग्रीको उपलब्धता, प्रयोग र व्यवस्थापनमा पारदर्शिता तथा जवाफदेहिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय