२ करोड बढी लगानीमा लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

कमल । झापाको कमल गाउँपालिका–६, सोनापुरस्थित लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।

वडा अध्यक्ष नगेन्द्र भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल र स्वास्थ्य शाखा प्रमुख दीपक दाहालको विशेष आतिथ्यतामा भवन उद्घाटन गरिएको हो।

कार्यक्रममा जनप्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

सोही अवसरमा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई अभिनन्दन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक दाहालले जानकारी दिनुभयो।

स्थानीय दाताहरूले निःशुल्क उपलब्ध गराएको ७ कठ्ठा जग्गामा २ करोड रुपैयाँभन्दा बढी लगानीमा स्वास्थ्य चौकीको नवनिर्मित भवन निर्माण सम्पन्न गरिएको हो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय