दमक। झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान–श्रीमतीबीच भएको विवाद हिंसात्मक बन्दा दुवै जना गम्भीर घाइते भएका छन्। धनबहादुरले श्रीमतीमाथि खु*कुरी प्रहार गर्दा उनको टाउको र बाँया हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि धनबहादुरले आफ्नै घरको अर्को कोठामा सिलिङ फ्यानमा सलको पासो लगाएर आत्म*हत्याको प्रयास गरेका थिए। उनलाई उनकी २५ वर्षीया छोरी प्रियंका दर्जीले झु*ण्डिएको अवस्थामा देखेपछि पासो का*टेर तत्काल तल झारेकी थिइन्।



घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दुवै घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पताल पठाएको थियो।प्रहरीका अनुसार दुवै जनाको अवस्था गम्भीर रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










