भुम्लु गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न, ६१ करोड २९ लाखको बजेट प्रस्तुत

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमार्फत गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड २९ लाख १६ हजार ५ सय ९८ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

गाउँसभा अधिवेशनमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष जितेन्द्र लामाले बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो ।

अधिवेशनमा गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

गाउँपालिकाले सुशासन प्रवर्द्धन, दिगो विकास, प्रभावकारी सेवा प्रवाह र समृद्ध भुम्लु निर्माणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका कार्यक्रम अघि बढाउने जनाएको छ । गाउँसभा २०८३ प्रतिबद्धतासहित सफलतापूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय