कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान, ३७ पिन्ट रगत संकलन

बिर बहादुर तामाङ, कमल, झापा । कमल गाउँपालिका इसाई समाजको आयोजनामा आइतबार केर्खास्थित ज्योति चर्च परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

समाजका अध्यक्ष पास्टर प्रताप बि.क.को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक शाखाका अधिकृत सिद्धार्थ दाहालले अध्यक्ष बि.क.लाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

रक्तदान कार्यक्रममा लुथरन सामुदायिक कल्याण समाज तथा सुसमाचारिय लुथरन मण्डली, रंगेली–२ मोरङले सहयोग गरेका थिए भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी दमकले प्रदान गरेको थियो।

आयोजकका अनुसार कार्यक्रममा कुल ३७ पिन्ट रगत संकलन भएको छ। रक्तदातामध्ये २६ जना पुरुष र ११ जना महिला सहभागी रहेका थिए।

रगत अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

इसाई समाजका सचिव पास्टर दीपक राईले रक्तदानलाई जीवन बचाउने महान् मानवीय कार्यको रूपमा उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

उहाँले सबैलाई रक्तदान अभियानमा सहभागी हुन आग्रह गर्दै भन्नुभयो, “रक्तदान जीवनदान हो, सबै जना यस अभियानमा सहभागी बनौं।”

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय