विश्व साइकल दिवसको अवसरमा दमकमा भव्य साइकल र्‍याली सम्पन्न

दमक । विश्व साइकल दिवसको अवसरमा झापाको दमकमा भव्य साइकल र्‍याली सम्पन्न भएको छ। रोटरी क्लब अफ दमक र रोट्र्याक्ट क्लब अफ दमकको संयुक्त आयोजनामा भएको र्‍यालीमा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

स्वस्थ जीवनशैली, स्वच्छ वातावरण र दिगो भविष्यको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित साइकल र्‍यालीमा ५७ जना सहभागी भएका थिए।

दमक नगरपालिकाको कार्यालयबाट सुरु भएको र्‍याली भाइरल रोड, दमक भ्यू टावर, ढुकुरपानी, बाघखोर र बेलडाँगी हुँदै फाल्गुनन्द चोकमा पुगेर सम्पन्न भएको कार्यक्रम संयोजक भेनस श्रेस्ठले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले साइकल सस्तो, सरल, दिगो तथा वातावरणमैत्री यातायातको माध्यम भएको बताउनुभयो। उहाँले साइकलको नियमित प्रयोगले प्रदूषण नियन्त्रण, इन्धन बचत तथा शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो।

रोटरी क्लब अफ दमकका अध्यक्ष केशवकुमार अग्रवालले स्वस्थ समाज निर्माण र स्वच्छ वातावरणका लागि साइकलको प्रयोग बढाउन आवश्यक रहेको बताउनुभयो।

कार्यक्रम सफल बनाउन सन फार्मास्युटिकल इन्डस्ट्रिजले सहयोग गरेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय